हावादारी सरकारको हावादारी नीति तथा कार्यक्रम बारे
-अजित क्षेत्री
सरकार काम गर्नमा होइन भाषण र उखानटुक्कामै मस्त छ । भुकम्प पिडितलाई बर्षदिनसम्म बिदेशीले दिएको त्रिपाल बाहेर सियो पनि दिन नसक्ने सरकारले लोकप्रिय नारा दिएर फेरी जनतालाई बेबकुफ बनाउँदैछ ।
१.एकघर एक रोजगार भन्ने सरकारले नेपालका करिब एक करोड घरका त्यति नै संख्यामा रोजगारी दिन सक्छ ?
२. शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा गर्न सरकारले देशमा रहेका तिस चालिस लाख शैक्षिक बेरोजगारलाई ऋण दिन सक्छ ? कि १/१ हजार ऋण दिने हो र ? यो त आफ्ना बिधार्थी नेता पाल्ने कार्यक्रम पो भयो त ।
३. एक गाउँ एक चौतारो कार्यक्रम ल्याउने सरकारले काठमाडौका सडक किनारमा रोपिएका फुल मात्रै बचाएर देखाओस् । सार्क सम्मेलनको क्रममा रोपिएका फुल त जोगाउन नसक्नेको फुईं बढी भयो । घरकै बुहारी रत्याउ नयाँ ल्याउने होइन ।
४. असार भित्रै पाल मुनीका जनताले घर पाउँछन् रे ! हैन दुई महिना भित्रैमा बिदेशबाट बनिबनाउ घर आउँदैछ या के हो ?
५. काठमाडौँ निजगढ स्वदेशी लगानीमै बन्ने रे !! स्वदेशमा को छ १०० अर्ब लगानी गर्न सक्ने ?
६. काठमाडौँको चक्रपथ निर्माणमा हरेक बर्ष करोडौं रकम बिनियोजन हुन्छ तर सबै पैसा चक्रपथका सडकमा खाल्डा टालेर स्वाहा पारिन्छ त्यहि रकम पृथ्वी राजमार्ग वा कर्णाली पुग्ने सडकमा लगानी गरे बर्षेनी हुने दर्जनौं सडक दुर्घटना रोकिन्थ्यो ।
७. बर्षदिन भित्रै लोडसेडिङ् मुक्त बनाउँछु भन्ने भाषण अब चाहिँ के भयो सरकार ?
८. दुई बर्ष भित्रमा सबै तुईन बिस्थापित गर्ने भाषण चाहिँ के भयो नि ?
९. घरघरमा पाइप लाईनमा ग्याँस पुगिसकेको हो सरकार ?
१०.एक गाउँ एक हेलिप्याड बनाएर त्यो हेलीप्याडमा गोरु जुधाउने प्रतियोगिता राख्ने हो ? हेलिकप्टर खोई ??हेलीकप्टरमा आवतजावत गर्ने 'अमिर' जनता खोई ??
**चिल्ला मिठा भाषण गरेरै टिक्ने र काम गर्नै नपर्ने हो भने यो भन्दा बेसी चिल्ला भाषण म लेखिदिन्छु । अनि पाजी मुर्ख जनता हो तिमीहरु चाहीँ जीवनभर ताली बजाएरै बसि राख । जय देश ।
No comments:
Post a Comment