पहिचान (कविता)
-अजित क्षेत्री
उसले मेरो देश सोध्यो
मैले भनें;- लालीगुराँसको देश
उसले भन्यो;- त्यो हिंसा उमार्ने देश ?
मैले भनें;-अहँ,..बुद्ध जन्माउने देश
उसले भन्यो;- त्यो नदी गन्हाउने देश ?
मैले भनें;- घरघरमा मन्दिर बनाउने देश
उसले फेरी भन्यो;-त्यो चेली बेचिने देश ?
मैले भनें;-सीता र भृकुटी अन्माउने देश"
त्यो कुन देश हो ?"- उसले सोध्यो
सगरमाथाको देश नेपाल;-मैले छाती 38" फुलाउँदै भनें
ऊ गला मिलाउन आयो
भनें- हामी गला होइन दिल मिलाउँछौं
शान्तिको हामी सन्देश छर्छौं ।
No comments:
Post a Comment