Wednesday, May 11, 2016

प्रेम सम्बाद

कबिता/रमेश दर्नाल


अनभिज्ञ
यो कुन युगको
खै कस्ले गरेको
अदभूत रचना 
अकलुषित जन्म त्यो प्रेम र मायाको
अनि यी दुईकै बहस अलौकिक
आदित्य 
तर
यथार्थ प्रतिकुल हुँदाहुँदै 
भावना अनुकुल यहाँ 
मिलन बिचको दिवार 
बिराट र बलवान्
र पनि सम्वाद कति सहज
भन्दै थि मायाले
अप्ठ्यारो यो असहज बाटोमा यात्रा गर्न चाहन्छु
प्रेम आफ्नो समर्पणको आवरण खोल्दै बोल्न थाल्छ
उदार बन्दै 
शाश्वत प्रेमिल जवाफ दिन्छ

माया तिमि!
मेरो हृदयको बाटो गरि तिमी आँखा चिम्लेर हिड्नु 
म कहिल्यै ठेस लाग्न दिने छैन
अनि
मौन हुन्छे माया
सोच्न थाल्छे
यो प्रेम सुहाग हो या आश्वासन भनेर दुबिधा हुन्छे
केही क्षण पश्चाद माया
उथलपुथल उसको उत्सुकता पोख्छे
भावुक हुँदै भन्छे
प्रेम!
ऐ प्रेम!
म नाजुक छु कतै ठेस नै लाग्यो भने ?
प्रेम प्यारो आवज संगै
आधारयुक्त स्पर्श संग स्वाभाविक हुँदै 
आफ्नो दायित्व स्पष्ट पार्छ 
हे माया! 
त्यो पल आउला र?
कदापि आउने छैन
यदि आएछ भने !
म तिम्रो दुखाइ बन्ने छु
म तिम्रो आँसु बन्ने छु
जब तिमी
मेरो मन र आँखा बन्नु है!
खै,
माया मान्न तयार छैन र होला र त
उसको आखाले अस्वीकारको आँसु खसाल्छे
बितृष्णाको मन दुखाउछे
अनि कमजोर हुदै प्रेम 
बिस्तारै बहकिन्छ 
मायाको सन्देहमा बिचलित हुन्छ
र, बिलिन हुने चेष्टा गर्छ
फेरि बोल्छ
माया! 
माया तिमी निदाउने कोसिस गर ल
सोही प्रतिउत्तर मायाको पनि
तिमी पनि प्रेम, ल !
म सपनामा तिम्रो अनुकुल बन्न आउने छु
यहि त छ विकल्प 
तिम्रो र मेरो बिचको पर्खाल बिच्छेद गर्न
मायाको भावना बुझ्दै 
प्रेम पनि यो सम्बदको बिट मार्न आतुर छ
अभिवादन स्वरुप आकाङ्क्षा ओकेल्छ 
माया 
मेरो प्यारको बिछ्यौना 
सम्झनाको सिरानी
आत्मीयताको थाङ्नोमा लुटुपुटु हुनु है
अनि मिठो प्रीति अँग्गालेर निदाउनु है
माया उहीँ शुभेच्छको प्रतीजवाफ दिन्छे।
फेरि जोड्छे ममता 
बिहानी तिम्रो मुस्कान सँग जन्मिएको देख्न्न पाउँ
प्रभात तिम्रो खुशी सँग झुल्किएको देख्न पाउँ

-हाल: दोहा,कतार

No comments:

Post a Comment