Wednesday, May 11, 2016

गगन थापा विरुद्ध अनर्गल प्रचार गर्ने मिडियाले माफी माग्यो





On  In News 


काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाको भनाइ भन्दै भ्रामक समाचार प्रकाशित गरेर गगन थापालाई बिबादमा तानेको एक अनलाइनले माफी मागेको छ । नेपाल सन्देश डटकम नामक अनलाइनले प्रकाशित समाचारमा हाम्रो समाचार संस्थालाई नै प्रयोग गरिएकोमा हामीलाई दुख लागेको छ भन्दै प्रेस बिज्ञप्तिमार्फत माफी समेत मागेको हो ।
२०७३ वैशाख २८ गते मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त भनाइ भन्दै नेपाल-भारत सम्वन्धका बारेमा नेपाली जनतालाई होच्याउने र भारतीय पक्षपोषण गर्नेगरि प्रकाशन भएको समाचारमा कुनै सत्यता नभएको हाम्रो अनुसन्धानबाट पुष्टी भएको छ:-अनलाईनले भनेको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ:-समाचारको स्रोतमाथि भर परेर प्रकाशन भएको समाचारका कारण नेपाली काँग्रेसका नेता थापामाथि परेको अपुरणीय क्षतिका लागि हामी दु:खी छौं।समाचारका रुपमा प्रकाशन भएको सो सामग्रीको विश्वसनियता नरहेकाे पुष्टि भएका कारण हामीले सो समाचार हटाएका छौं।
नेपाली राजनीतिका केहि भरोसा र विश्वास गर्ने व्यक्ति मध्येका गगन थापाका बारेमा प्रकाशित सो सामग्रीको भ्रममा नपर्न सबै पाठकहरुमा आग्रह गर्दछौं। यो घटनाले हामीलाई समेत पाठ सिकाएको छ।
अागामी दिनमा समाचारका विषयमा सम्वन्धित व्यक्ति तथा संस्थाहरुसँग उनीहरुको भनाइ समेत राखेर समाचार बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । साथै यस समाचारका विषयसँग जोडिएका व्यक्तिहरुको बारेमा नेपाल सन्देश डटकमका तर्फबाट उचित कारबाही गर्ने विश्वास दिलाउँछाैं ।

No comments:

Post a Comment