Wednesday, May 18, 2016

चिनियाँ राष्ट्रपति अक्टोबरमा नेपाल आउने

५ जेठ, काठमाडौं । नेपाल र चीन दुबै देशले उच्चस्तरीय भ्रमण आदान-प्रदानको तयारी गरेका छन् । अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउने निम्तो पाएका चिनियाँ राष्ट्रपति सि जिनपिन् आगामी अक्टोबरमा काठमाडौं आउ सक्ने बताइएको छ ।

लुम्बिनी र काठमाडौंमा आयोजित वौद्ध सम्मेलनमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतलाई नेपालले निम्तो पठाएको थियो । तर, दुबै देशका सरकार प्रमुखहरु सम्मेलनमा भाग लिन आएनन् ।
चिनियाँ राष्ट्रपति सि आगामी अक्टोबरमा दुई दिनका लागि भारतको गोवा जाँदैछन् । उनी गोवा जाने क्रममा छोटो समयका लागि काठमाडौं उत्रिन सक्ने स्रोतले बतायो । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो- ‘चिनियाँ राष्ट्रपतिले गोवा भ्रमणका बेला नेपालको भ्रमण गर्ने गरी समय मिलाउने गृहकार्य भइरहेको छ ।’
आगामी अक्टोबर १५ र १६ मा भारतको गोवामा ब्रिक्सको आठौं शिखर सम्मलेनमा भाग लिन चिनियाँ राष्ट्रपति त्यहाँ जान लागेका हुन् । भारतले अध्यक्षता गर्ने सो शिखर सम्मेलनमा ब्रिक्समा आवद्ध ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफि्रकाका सरकार प्रमुखहरु सहभागी हुनेछन् ।
चिनियाँ नीतिअन्तरगत उच्चस्तरीय भ्रमणबारे पूर्वप्रचार गर्नु राम्रो मानिँदैन । त्यसैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे स्रोतले खुलेर बताउन चाहेन ।  नेपालको परराष्ट्र मन्त्रालयका एक अधिकारीले एक संचारमाध्यमलाई भने-‘प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुबै देशबाट उच्चस्तरीय भ्रमण गर्ने समझदारी भएको थियो, त्यसै अनुसार बि्रक्सको शिखर सम्मेलनका बेला चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नेबारे छलफल भइरहेको छ ।’

नेपाली मोडलका पोज:हेर्नेलाई लाज

पछिल्ला दिनमा नेपालमा मोडलिङ् ब्यवसायीक रुपमा निक्कै बढेपनि बिबादित र दुर्गन्धित समेत बन्दै गइरहेको छ । छिटो चर्चा कमाउन अत्यन्तै थोरै र पारदर्शी एवम् भद्दा कपडा पहिरेर फोटोसुट गर्ने युवतीहरुको लामै लिस्ट बन्छ । अंग प्रदर्शन गरेपनि कतिपयहरु चर्चामै आउँदैनन् अनि कतिपय केही चर्चामा रहने गरेपनि पानीको फोका झैं हराउने गरेका छन् । प्रस्तुत छ केही नेपाली मोडलका तस्बिर जहाँ मोडलहरु आकर्षक होइन भद्धा मात्रै देखिएका छन् । photo: various online portals

नेपाललाई चीनको अंगालोमा राखेकोमा बधाई: काँग्रेस नेता

'भारतले सम्बन्ध सुधारको मौका गुमायो'
काठमाडौं – भारतीय कांग्रेसका नेता मणिशंकर ऐयरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य गर्दै नेपाललाई चीनको अंगालोमा धकेलेकोमा बधाइ दिएका छन् । मंगलबार एक लेख लेख्दै ऐयरले मोदी र विदेशमन्त्री सुस्मा स्वराजमाथि कडा टिप्पणी गरेका हुन् । भारतीय रवैयाका कारण नेपाल चीनतर्फ ढल्किएको विश्लेषण गर्दै उनले यसबाट भारतलाई ठूलो नोक्सानी हुने बताएका छन् ।
‘नरेन्द्र मोदी र सुस्मा स्वराज, जो आफूबाहेक अरुलाई ‘अराष्ट्रिय’ भन्न रुचाउँछन्, भारतको उत्तरी सीमामा रहेको सुरक्षाको बाँध भत्काउन सफल भएका छन् । त्यो बाँध सैन्यरुपमा रणनीतिक थियो,’ उनले लेखेका छन् । ऐयरले स्वतन्त्रतापछि भारतले आफ्नो उत्तरी छिमेकीको रुपमा रहेको नेपालसँग तल–माथि हुँदै भए पनि राम्रो सम्बन्धको सन्तुलन राख्न सफल भएको तर, नेपालको सार्वभौमिकताविरुद्ध मोदी–स्वराजले छाडा शक्ति प्रदर्शन गरेका कारण सो सन्तुलन स्थायीरुपमा विक्षिप्त पारेको टिप्पणी गरेका छन् ।
‘हामीले आफ्नो पूर्व सर्तहरु लागु नभएसम्म अनुचित साम्राज्यवादी तरिकाले संविधानसभाको मतदान रोक्ने प्रयास गर्यौं भने चुनावमा हारेका तराईका तत्वहरुसँग मिलेर नेपालमा नाकाबन्दी लगायौं जसले नेपाली जनता जाडोमा अत्यावश्यक वस्तुको अभावमा बाँच्नु पर्यो,’ ऐयरको तर्क छ, ‘यसले नेपाली जनता, विशेष गरेर पहाडका, मा भारतविरोधी भवना पैदा गरिदियो ।’
‘नेपालले संविधान जारी गरेर खुसियाली मनाएकोमा साथ दिएर असन्तुष्टहरुको माग पनि सम्बोधन गराउने बाचा दिनुको साटो नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेर के मोदी–स्वराजले यही चाहेका थिए ?,’ उनले प्रश्न गरेका छन्, ‘के उनीहरु हिमालय हुँदै तराईसम्म चिनियाँ राजनीतिक र आर्थिक प्रवेश चाहन्थे ?
के उनीहरु तिब्बत हुँदै काठमाडौं मात्र होइन भारतको सीमा नजिकै रहेको लुम्बिनीसम्म आउने राजमार्ग र रेलमार्गको स्वागत गर्न चाहन्छन् ? के उनीहरु नेपाले हल्दियाको निर्भरता घटाउँदै चीनको तियान्जिन बन्दरगाहमा निर्भर भएको हेर्न चाहन्छन् ? के उनीहरु नेपाल चीनको वान बेल्ट–वान रोड प्लानको हिस्सा भएको हेर्न चाहन्छन् ? के चिनियाँ राष्ट्रपति सि जिनपिङले दाबी गरेजस्तै उनीहरु नेपाललाई साँच्चै चीन र भारतबीचको ‘आर्थिक पुल’ को रुपमा हेर्छन् ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा भारत भ्रमण गरेर सम्बन्ध सुधार गर्ने अवसर दिँदा पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् । ऐयरले भारतले नेपालको एउटा पूरै पिढीको सद्भाव गुमाएकोमा चिन्ता व्यक्त गरेका छन्

Monday, May 16, 2016

तीन मुक्तक


१.
सारा सहर घुमेर यार बदलें
छउञ्जेल उमेर प्यार बदलें
बदल्यौ ऐना र भन्यौ प्रिय
हेर त आफ्नै अनुहार बदलें ।

२.
पित्तल गालेर सुन हुनी भा
तारा चम्केर जून हुनी भा
कसले गर्थ्यो र रुनी अभिनय
आँसु बगेर खुन हुनी भा ।

३.
टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल
हत्केलाले लाज ढाक्छौ कतिञ्जेल
अब पनि नगरे त सन्ततीले थुक्लान्
यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।


-अजित क्षेत्री
मल्याङ्कोट-१ स्याङ्जा
 हाल: युएई

Friday, May 13, 2016

चीनले नेपालका लागी रेल पठायो

रेल काठमाडौँ सम्मै आईपुग्ने
काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन द्विपक्षीय व्यापार अर्को चरण प्रवेश गरेको हो। 
      वैशाख १२ को महाभूकम्पपछि चीनसँगको द्विपक्षीय व्यापार लगभग शून्य थियो। भूकम्पले चीनसँगको एकमात्र व्यापारिक नाका तातोपानी अवरुद्ध भएपछि चीनले पनि रसुवाको रसुवागढीतर्फबाट व्यापार सुचारु गर्न आग्रह गरेको थियो। यसैअनुरुप चीनबाट पहिलोपटक रेल तथा स्थलमार्ग प्रयोग गरेर नेपालका लागि रसुवागढी हुँदै सामान आयात सुरु भएको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका 'पिपल्स डेली' को अनलाइन संस्करणमा प्रकाशित छ।

नेबिसँघको अध्यक्षमा को आउलान् ?

काठमाडौँ ।
      नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको पछिल्लो महाधिवेशनको संघारमा छ । लामो समयदेखि हुन नसकेको महाधिवेशन हुने भएपछि संघमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ भने नेतृत्वका आकाङ्क्षी बिधार्थी नेताहरुले आफ्नो प्रचार अभियान तिब्र बनाएका छन् ।  
       १३ औं महाधिवेशनपछि बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले ६ महिनाभित्र नेविसंघको महाधिवेशन गराउने निर्णय गरेको थियो  । भातृ संस्थाको निर्वाचन सम्पन्न गराउन काँग्रेसले नेता डा.प्रकाशशरणलाई महाधिवेशन संयोजक तोकेको छ । बिगत आठ बर्षदेखि पटक पटक स्थगित हुँदै आएको महाधिवेशन यसपटक भने हुन सक्ने आँकलन गरेका बिधार्थी नेताहरुले सामाजिक संजालहरु मार्फत आफ्नो नाममा प्रचारबाजी देख्न लायक भएको छ । 
       बिगत आठ वर्षदेखि नेतृत्वका लागि अभ्यास गर्न नपाएका नेविसंघमा अझै १ दर्जन बढीले अध्यक्षमा दावी गरिरहेका छन् । अध्यक्षमा दावी गर्नेमध्येका ७ सम्भववित प्रत्यासीहरु यस्ता छन्– 

Thursday, May 12, 2016

अब दुई विवाह नगरे जेल परिने !

वैशाख २७, २०७३- 

अफ्रिकी मुलुक एरिट्रियाले आफ्नो देशका पुरुषले अनिवार्य रूपमा कम्तीमा दुई महिलासँग विवाह गर्नै पर्ने नियम ल्याएको छ ।


इथियोपियासँगको युद्धका क्रममा धेरै पुरुषको ज्यान गएको र अहिले महिलाको भन्दा पुरुषको जनसंख्या कम भएकाले यस्तो नियम बनाइएको हो । यो नियमअनुसार हरेक पुरुषले कम्तीमा २ महिलासँग विवाह गर्नुपर्छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदसम्म हुनसक्छ ।

आफ्नो श्रीमान्लाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुनसक्छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासंगको युद्धका क्रममा एरिट्रियाका १ लाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो । ४० लाख जति जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या उत्पन्न भएको छ । 

दस करोड भ्रष्टाचार गर्ने एमाओवादी पूर्व साँसद्माथी मुद्दा दायर

काठमाडौं– सम्पत्ति जाँचबुचका क्रममा करिब दस करोड सम्पत्तिको स्रोत फेला नपरेपछि सो रकम भ्रष्टाचार गरी कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादी सांसद ल्यारक्याल लामाविरुद्व विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

     अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा लामाविरुद्व आज विषेश अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।स्रोतका अनुसार अख्तियारले छानबिन थालेको २९ जना भिआईपी मध्येका लामालाई पहिलो व्यक्तिको रुपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चलचित्र नचल्दा नीतालाई घाटैघाटा

योगेश घिमिरे क्याम्पकी हिरोइन हुन्, नीता ढुंगाना ।
योगेशले बनाएका पछिल्ला दुई फिल्म नोटबुक रभुलभुलैयाकी मुख्य पात्र उनै थिइन् । नोटबुकको ‘गाला रातै...’ गीतले उनलाई नयाँ फेम दियो । दुवै फिल्ममा जीवन लुइटेलसँग रोमान्स गरिन् । तर दुर्भाग्य ! योगेशको नयाँ फिल्म राधामा नीता अटाइनन् । जबकि, जीवनले निरन्तरता पाएका छन् । दुई सन्तानकी आमा रहेकी हिरोइन सञ्चिता लुइँटेलले जीवनसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ । यसरी योगेशले समेत साथ छोडेपछि नीतालाई छटपटी हुनु स्वाभाविक भइहाल्यो । आखिर, प्रतीक्षित फिल्मफूलैफूलको मौसम तिमीलाईको असफलताको घाउ चहराइरहेको बेला न पर्‍यो !

सिर्जनामा देश खोज्छु-नबराज लम्साल

नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष हुन्, नवराज लम्साल, ४६ । 

कर्ण महाकाव्यलगायत आधा दर्जन कृतिका स्रष्टा 
लम्साल सञ्चारकर्ममा समेत सक्रिय छन् ।


नेपाली लेखक संघको नेतृत्व पाउँदा कस्तो लागेको छ ?
लामो समयदेखि म लेखिरहेको छु, लेख्नेहरूकै बीचमा छु । साहित्य र साहित्यकारको स्थिति मलाई थाहा छ । पुरानो संस्थाको नयाँ अध्यक्ष हुन पाएकामा खुसी लागेको छ ।

नेपाली लेखक संघ कस्तो खालको संस्था हो ?
लोकतन्त्र, लोकतान्त्रिक लेखन, बहुलता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लाग्ने संस्था भनेकै नेपाली लेखक संघ हो ।

यसलाई त नेपाली कांग्रेस निकट भन्छन् नि ?
नेपाली कांग्रेसले लेखन स्वतन्त्रताको वकालत गर्छ । यस अर्थमा हामी कांग्रेस निकट छौँ । तर, हामी कांग्रेसका कुरा लेख्दैनौँ । हामीले लेखेका कुरा कांग्रेसले मन पराउन भने सक्छ ।

Wednesday, May 11, 2016

आफ्नै छोरा बलात्कारी भएपछि...

२९ बैशाख, बाँके ।
         आफ्नै आमालाई बलात्कार प्रयासको आरोपमा प्रहरीले बाँके जिल्लामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवक बिबाहित हुन् ।  पिडित महिलाले आफ्नै छोरा बिरुद्ध बलात्कारको उजुरी दिएको प्रहरीले बताएको छ । 
        घटना बाँके जिल्लाको वानियाभारको हो । वानियाभार प्रहरी चौकीमा बुधवार एक पुरुषले आफ्नै आमालाई कुटपिट गरेको खबर आयो । स्थानीयले खबर गरेपछि प्रहरी टोली पुग्यो । अनुसन्धानका क्रममा पिडित महिलाले आफ्नै छोराले आफुमाथी बलात्कार प्रयास गरेको प्रहरीलाई बयान दिइन् ।
        करिव ३/४ महिना अघि मात्र पती गुमाएकी महिलाले उनकै ३० वर्षे छोराले कुटपिट गरेका रहेछन् । कुटपिटका कारण पीडित महिलाको अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।  उनले प्रहरीलाई बताए अनुसार उनका छोराले बुधबार विहान करिव ४ बजे बलात्कारको प्रयास गरेका थिए । उनका श्रीमती माइत गएकी थिइन् । विहानै मदिराले मात्तिएका छोराले आफूलाई बलात्कारको प्रयास गरेको पीडित महिलाले रुँदै प्रहरीलाई सुनाइन् ।
उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पीडित महिलाले दिएको बयान सही देखिएको छ । यद्यपि मेडिकल रिपोर्ट आउन बाँकी छ ।
           आमालाई करणी गरेको आरोपमा पक्राउ परेका युवकले अझै मुख खोलेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गगन थापा विरुद्ध अनर्गल प्रचार गर्ने मिडियाले माफी माग्यो





On  In News 


काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाको भनाइ भन्दै भ्रामक समाचार प्रकाशित गरेर गगन थापालाई बिबादमा तानेको एक अनलाइनले माफी मागेको छ । नेपाल सन्देश डटकम नामक अनलाइनले प्रकाशित समाचारमा हाम्रो समाचार संस्थालाई नै प्रयोग गरिएकोमा हामीलाई दुख लागेको छ भन्दै प्रेस बिज्ञप्तिमार्फत माफी समेत मागेको हो ।
२०७३ वैशाख २८ गते मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त भनाइ भन्दै नेपाल-भारत सम्वन्धका बारेमा नेपाली जनतालाई होच्याउने र भारतीय पक्षपोषण गर्नेगरि प्रकाशन भएको समाचारमा कुनै सत्यता नभएको हाम्रो अनुसन्धानबाट पुष्टी भएको छ:-अनलाईनले भनेको छ ।

प्रेम सम्बाद

कबिता/रमेश दर्नाल


अनभिज्ञ
यो कुन युगको
खै कस्ले गरेको
अदभूत रचना 
अकलुषित जन्म त्यो प्रेम र मायाको
अनि यी दुईकै बहस अलौकिक
आदित्य 
तर
यथार्थ प्रतिकुल हुँदाहुँदै 
भावना अनुकुल यहाँ 
मिलन बिचको दिवार 
बिराट र बलवान्
र पनि सम्वाद कति सहज
भन्दै थि मायाले
अप्ठ्यारो यो असहज बाटोमा यात्रा गर्न चाहन्छु
प्रेम आफ्नो समर्पणको आवरण खोल्दै बोल्न थाल्छ
उदार बन्दै 
शाश्वत प्रेमिल जवाफ दिन्छ

Tuesday, May 10, 2016

जिन्दगी

कविता/अजित क्षेत्री



जुन नाकाबाट शहर छिरेको
त्यही नाकाबाटै
लुटिन थालेको जिन्दगी
शहरमा नबिके पनि
बेहिसाब लुटिंदै गयो
बाढी पसेको टारी झैं
जिन्दगी
न खेत बन्यो
न बगर बन्यो

म बहुलाएको छु

कविता/अजित क्षेत्री 

यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश

रुमानी सपनाहरुको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
त बहुलाएको छु
जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टिका र फुल दिएर
बैनीले भनेकी थिइन्-
दाई ठुलो मान्छे बनेस् है
काठमाडौँको भुगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बैनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरु
सुनेको थें काठमाडौँमा 
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छन्

तृष्णा/रमेश दर्नाल, दोहा कतार

कविता

एकान्तमा
परेली बन्द होस या खुला
कल्पनाको भित्तामा झुन्डिएको निर्जीव आकृती
म संग एकोहोरो नजर जुधाइ रहन्छ
निशब्द छ
तर उसका आखाहरु बोलिरहन्छ
तिता स्मृतिहरु एकाएक वृतान्त गर्छ
हसाउँछ
रुवाउछ
भाबबिह्वल तुल्याइ दिन्छ
बेहाल अनि बेचैन तुल्याइ दिन्छ
अनि
उ आफु स्तब्ध हुन्छ
एकोहोरो टोलाइरहन्छ
सिर्फ टोलाइरहन्छ
पुनः
प्रष्ट पारिदिन्छ
निरर्थक उ संगका
मेरा तृष्णाहरु
अभिलाषाहरु.......

Monday, May 9, 2016

हावादारी सरकारको हावादारी नीति तथा कार्यक्रम बारे 
-अजित क्षेत्री

सरकार काम गर्नमा होइन भाषण र उखानटुक्कामै मस्त छ । भुकम्प पिडितलाई बर्षदिनसम्म बिदेशीले दिएको त्रिपाल बाहेर सियो पनि दिन नसक्ने सरकारले लोकप्रिय नारा दिएर फेरी जनतालाई बेबकुफ बनाउँदैछ ।

१.एकघर एक रोजगार भन्ने सरकारले नेपालका करिब एक करोड घरका त्यति नै संख्यामा रोजगारी दिन सक्छ ?
२. शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा गर्न सरकारले देशमा रहेका तिस चालिस लाख शैक्षिक बेरोजगारलाई ऋण दिन सक्छ ? कि १/१ हजार ऋण दिने हो र ? यो त आफ्ना बिधार्थी नेता पाल्ने कार्यक्रम पो भयो त ।
३. एक गाउँ एक चौतारो कार्यक्रम ल्याउने सरकारले काठमाडौका सडक किनारमा रोपिएका फुल मात्रै बचाएर देखाओस् । सार्क सम्मेलनको क्रममा रोपिएका फुल त जोगाउन नसक्नेको फुईं बढी भयो । घरकै बुहारी रत्याउ नयाँ ल्याउने होइन ।
४. असार भित्रै पाल मुनीका जनताले घर पाउँछन् रे ! हैन दुई महिना भित्रैमा बिदेशबाट बनिबनाउ घर आउँदैछ या के हो ?
५. काठमाडौँ निजगढ स्वदेशी लगानीमै बन्ने रे !! स्वदेशमा को छ १०० अर्ब लगानी गर्न सक्ने ?
६. काठमाडौँको चक्रपथ निर्माणमा हरेक बर्ष करोडौं रकम बिनियोजन हुन्छ तर सबै पैसा चक्रपथका सडकमा खाल्डा टालेर स्वाहा पारिन्छ त्यहि रकम पृथ्वी राजमार्ग वा कर्णाली पुग्ने सडकमा लगानी गरे बर्षेनी हुने दर्जनौं सडक दुर्घटना रोकिन्थ्यो ।
७. बर्षदिन भित्रै लोडसेडिङ् मुक्त बनाउँछु भन्ने भाषण अब चाहिँ के भयो सरकार ?
८. दुई बर्ष भित्रमा सबै तुईन बिस्थापित गर्ने भाषण चाहिँ के भयो नि ?
९. घरघरमा पाइप लाईनमा ग्याँस पुगिसकेको हो सरकार ?
१०.एक गाउँ एक हेलिप्याड बनाएर त्यो हेलीप्याडमा गोरु जुधाउने प्रतियोगिता राख्ने हो ? हेलिकप्टर खोई ??हेलीकप्टरमा आवतजावत गर्ने 'अमिर' जनता खोई ??
**चिल्ला मिठा भाषण गरेरै टिक्ने र काम गर्नै नपर्ने हो भने यो भन्दा बेसी चिल्ला भाषण म लेखिदिन्छु । अनि पाजी मुर्ख जनता हो तिमीहरु चाहीँ जीवनभर ताली बजाएरै बसि राख । जय देश ।

तीन मुक्तक
-अजित क्षेत्री 

१.
सारा सहर घुमेर यार बदलें
छउञ्जेल उमेर प्यार बदलें
बदल्यौ ऐना र भन्यौ प्रिय
हेर त आफ्नै अनुहार बदलें ।
२.
पित्तल गालेर सुन हुनी भा
तारा चम्केर जून हुनी भा
कसले गर्थ्यो र रुनी अभिनय
आँसु बगेर खुन हुनी भा ।
३.
टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल
हत्केलाले लाज ढाक्छौ कतिञ्जेल
अब पनि नगरे त सन्ततीले थुक्लान्
यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।
-अजित क्षेत्री
मल्याङ्कोट-१ स्याङ्जाi
हाल: युएई

Sunday, May 8, 2016

पहिचान (कविता)

-अजित क्षेत्री


उसले मेरो देश सोध्यो
मैले भनें;- लालीगुराँसको देश
उसले भन्यो;- त्यो हिंसा उमार्ने देश ?
मैले भनें;-अहँ,..बुद्ध जन्माउने देश
उसले भन्यो;- त्यो नदी गन्हाउने देश ?
मैले भनें;- घरघरमा मन्दिर बनाउने देश
उसले फेरी भन्यो;-त्यो चेली बेचिने देश ?
मैले भनें;-सीता र भृकुटी अन्माउने देश"
त्यो कुन देश हो ?"- उसले सोध्यो 
सगरमाथाको देश नेपाल;-मैले छाती 38" फुलाउँदै भनें
ऊ गला मिलाउन आयो
भनें- हामी गला होइन दिल मिलाउँछौं 
शान्तिको हामी सन्देश छर्छौं ।
मान्छेहरु (कविता)

-अजित क्षेत्री







यहाँ मान्छेहरु
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन
जे देखिन्न त्यो पनि होइन
म मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिन
थाहा छैन यहाँ
को मान्छे हो
को मान्छे होइन ।
हिउँद याममा
ब्रम्हपुत्र नदी किनारमा
समागमका लागी आतुर फिरन्ते बकुल्ला झैं
तम्तयार छन् मान्छे
मान्छेकै बध गर्न
हो, मान्छेका बस्तीहरु
बधशाला झैं लाग्छन् मलाई
मान्छेका भिडहरु
कसाईले पालेका
बिकासे खसीको बथान लाग्छछन् मलाई
तर हेर्नुस् न कस्तो अचम्म भने नी !
उही सिकारी भएको छ
उही सिकार भएको छ ।
पानी र हावाले खिइदा खिईंदै
एउटा बिबश पत्थर आज
भगवान बनेको छ
र पुजीन थालेको छ दोबाटोमा
हिंजोसम्म कुकुरले मुत्ने त्यो ढुङ्गो
आज साक्षात् भगवान भएको छ
बधशालामा आफन्तकै बध गरेर मान्छे
धुन्छ पाइखानामा आफ्ना रक्ताम्य हात
अनि पुग्दछ उही दोबाटोको
पत्थरको ईश्वरमा ढोग्न
र बर माग्दछ कहिल्यै नमर्ने ।
परस्त्रीसँग रातभर खेलेर फर्कन्छ मान्छे
अनि आफ्नी स्त्रीलाई भन्छ:
तिम्रो यादमा रातभर निदाउन सकिन
परपुरुषको शयनबाट फर्कन्छे उसकी स्वास्नी
र बस्छे सोमवारे एकादशी ब्रत
र रोप्छे तुलसीको बोट पनि
श्रीमानको दीर्घायुका लागी
हेर्नुस् न कस्तो अचम्म !
दुबैले दुबैलाई ढाँटेका छन्
तर दुबैले दुबैलाई बुझेका छन्
त्यहि भएर दुबै चुपचाप छन्
सम्झौतामा बाँचेको मान्छे
चङ्गाको डोरी भन्दा कमजोर छ
मान्छे मान्छे सँगै असुरक्षित छन्
किनकी बधशालामा मान्छेले मान्छे
किनबेच थालेको छ
खुद्रा मुल्यमा
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

    काम खोज्दै हिँड्ने क्रममा एक युवक शहरको एउटा फर्निचर उधोगमा पुगेछ । उधोगका साहुले उसलाई जंगलका राम्रा र सुरिला रुखहरू काटेर ढलाउने काममा लगाउन राजी भएछन् । त्यसका लागि एउटा बन्चरो युवकको हातमा राखिदिंदै साहुले भनेछन्- एकहप्ता तिम्रो काम हेर्छु, राम्रो काम गर्न सक्यौ भने तिम्रो नोकरी पक्का ।
युवक बन्चरो लिएर जंगल गयो । खुब मेहनत गर्यो र पहिलो दिनमा १२ रुख ढाल्यो । ऊ खुब खुसी भयो । दोस्रो दिन पनि उसले खुब मेहनत गर्यो र ११ रुख ढाल्यो । तेस्रो दिन अँझै मेहनत गर्यो तर दिनभरमा उसले केवल १० वटा मात्र रुख ढाल्न सक्यो । एवम् रीतले युवकले मेहनत गर्दै गयो तर हरेक दिन अघिल्लो दिनभन्दा कम रुख ढाल्न सक्यो । सातौँ दिनमा त उसले दिनभरमा एउटा मात्रै रुख ढाल्न सक्यो । हात परेको नोकरी पनि छुट्ने पिरले रन्थनिदै ऊ उधोगका मालिकको अघिल्तिर गयो र दुवै हात जोड्दै भन्यो- माफ पाउँ हजुर, सायद म कमजोर भएछु कि, उत्तिकै मेहनत हरेक दिन गर्दा पनि रुख काट्ने काममा म दिनदिनै असफल हुँदै गएको छु ।
      उधोगका मालिकले मुस्कुराउँदै युवकलाई सोधे- के तिमीले यी दिनहरूमा बन्चरोको धार उद्यायौ (तिखार्यौ) ?
म हरेक दिन काम मात्रै गर्न लागें, धार तिख्याउने मौकै मिलेन र त्यता ध्यान पनि गएन- युवकले जवाब दियो ।
हो, गल्ती यहीँ भयो तिम्रो । धेरै काम गर्ने ध्याउन्नमा तिम्ले बन्चरोको धारलाई कहिल्यै ध्यान दिएनौ ।
तिमीले रुख त हेर्यौ बन्चरो कहिल्यै हेरेनौ ।
जीवन पनि यस्तै हो, हरेक पटक सम्बन्धका धारहरूमा पाइन् लगाऊ । अनि मात्र सफल हुनेछौ तिमी ।
-युएई

म निउरो भएछु

गद्य कविता/अजित क्षेत्री



पोखराको बगरले सेती लुकाए झैं
यहाँ हजारौं मनहरू
दुःखका छालहरू
ढुकढुकीमा लुकाएर
लालीगुराँस झैं मुस्कुराइरहेछन्टे
माटेपानीको जंगलमा निउरो फले झैं
लटरम्म फल्थे मेरा सपना भने
प्रिय
म तिम्रो आँगनमा होइन
मझेरीमै फलिदिन्थें
मलाई थाहा छ
तिमी अंगेनु छेवैमा बसेर
आफ्ना नशालु आँखाले
मेरो तस्वीर खिच्ने छौ
र भन्ने छौ-
मेरो राजा, तिमी त
निउरो पो भएछौ
कहिल्यै नफुल्ने निउरो


हो मान्छे फुल्दैन
किनकि मान्छे फूल होइन
र फूल पनि मान्छे होइन
फुल्नलाई त मान्छेका मन
काँडा हुनु पर्छ
फुल्नलाई त मान्छेको मन
डाँडा हुनु पर्छ
अहँ, म काँडाहरूसँग
सहबास गरेर गुलाब बन्न सक्दिन
अहँ म कोखिलामा डाँडा र
भिर च्यापेर
लालीगुराँस बन्न सक्दिन
अन्माएकी बेहुली झैं
खुशी र बिस्मयको दोभान छिचोलेर
मान्छेहरू दौडिरहेछन्
सपनाको खेती गर्न
मैले भनें- हेर त
केही थान सपनाहरू
यतै बयरका झाङ्मा अल्झिएका रैछन्
मैले भने मात्र
मान्छेले सुनेनन्
मान्छे बयरका झाङ् देख्दैनन्
मान्छेका मन त
फाँटमा लटरम्म फलेका
आयातित धानका बालामा झुलेका छन्
मानौं भकारीमा धान होइन
मन भरिने छन्
हो, त्यसैले त
पोखराको बगरले सेती लुकाए झैं
यहाँ हजारौं मनहरू
दुःखका वर्षे भेल छातीमा लुकाएर
लालीगुराँस झैं मुस्कुराइरहेछन्
र,
म निउरो बनेर
यो वर्ष
माटेपानीको जंगलमा
लटरम्म फलेको छु
मलाई थाहा छ
तिम्रा नशालु आँखाले
फेरि पनि मेरा तस्वीर खिच्ने छन्
अनि तिमी भन्ने छौ-
मेरो राजा, तिमी त
निउरो पो भएछौ
कहिल्यै नफुल्ने निउरो
र, म भन्नेछु-
हो म निउरो हुँ
किनकि काँडासँग सहबास गरेर
म गुलाब बन्न सक्दिन ।

Saturday, May 7, 2016

                      लघुकथा/अजित क्षेत्री 

                                निर्णय

    कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभुमीमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् । रातमा एउटा लाटोकोसेरो (उल्लु) आएर त्यै रुखमा बसेर रातभर चिच्याएर हाँसको जोडीलाई निदाउनै दिएन । 

     पोथी हाँस (पत्नी) दुखी भएको देखेर भाले हाँस (पति) ले सम्झाउँदै आफ्नी पत्नीलाई भनेछ:-आजको रात जसोतसो बिताऔं, बिहान सबेरै यो ठाउँ छोडौंला । यो ठाउँ यतिबिधी उजाड, उराठ र निर्जन हुनाको कारण त यै लाटोकोसेरो रैछ, यस्तो दुष्ट पंक्षी बसेर चिच्याउने स्थानमा को आएर बसोस् र हरियाली समाज बसोस् त ?
लाटोकोसेरोले यो कुराकानी सुन्यो । बिहान उसले आफ्नो खराब आदतका लागी माफी माग्यो । 

    हाँसको जोडी त्यहाँबाट हिंड्नै लागेको थियो । त्यसैबेला लाटोकोसेरो जोडले चिच्याउँदै रुन थाल्यो र हाँसले आफ्नी पत्नी (पोथी हाँस) चोरेर लैजान लागेको भन्दै गुहार माग्यो । आफ्नी पत्नीमाथी लाटोकोसेरोले दाबी गरेको देखेर हाँस जिल्ल पर्यो । 

   आसपासका गाउँबाट भद्र भलाद्मी र पञ्च आए, हाँस र लाटोकोसेरो दुबैले पोथी हाँस आ-आफ्नी पत्नी भएको दाबी गरे । भद्र भलाद्मी सहितको पञ्चायतले दुबै पक्षको कुरा सुन्यो । पञ्चायत र भलाद्मीहरुलाई लाटोकोसेरो झुठ बोलेको कुरा बुझ्न समय लागेन । तैपनि सोंचे-'यो हाँस त आफ्नी पत्नी लिएर एकछिन पछि यो ठाउँबाट जानेछ तर लाटोकोसेरो त यहि समाजमा बस्छ र हामीलाई लाटोकोसेरो चाहिन्छ ।' त्यसैले झुठ बोलेको भएपनि लाटोकोसेरोको पक्षमा समाजले निर्णय गर्छ र हाँसलाई तुरुन्त त्यो गाउँ छोड्ने निर्देशन दिन्छ ।

     समाजले गलत फैसला गरेर आफ्नी पत्नी अर्कालाई सुम्पिनु परेसी हाँस भारी मनले रुँदै बाटो लाग्छ । उतिबेलै हाँसलाई रोक्दै लाटोकोसेरो बोल्छ:-'रोकिनुस् मित्र ।' 
मेरी पत्नी त खोस्यौ अब के, मलाई नि मार्न चाहन्छौ?:-हाँसले भन्यो ।
'यो पोथी हाँस मेरी होइनन् तपाईँकी हुन् हिंजो पनि, आज पनि र भोली पनि'-लाटोकोसेरो बोल्यो-'तपाईंले राती भन्नु भएको थियो यो ठाउँ यस्तो लाटोकोसेरो बस्ने भएकाले उजाड, उराठ र निर्जन भएको भन्नु भो । अहँ होइन, यो ठाउँ त सधैं लाटोकोसेरोको पक्षमा गलत निर्णय सुनाउने यस्ता पाखन्डी बिद्वानहरुका कारण यति डरलाग्दो र उराठीलो भएको हो । तपाईँ आफ्नी पोथी लिएर जानुस् ।'


मल्याङ्कोट १ दार्सिङ् स्याङ्जा
हाल: युएई