Friday, May 13, 2016

नेबिसँघको अध्यक्षमा को आउलान् ?

काठमाडौँ ।
      नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको पछिल्लो महाधिवेशनको संघारमा छ । लामो समयदेखि हुन नसकेको महाधिवेशन हुने भएपछि संघमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ भने नेतृत्वका आकाङ्क्षी बिधार्थी नेताहरुले आफ्नो प्रचार अभियान तिब्र बनाएका छन् ।  
       १३ औं महाधिवेशनपछि बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले ६ महिनाभित्र नेविसंघको महाधिवेशन गराउने निर्णय गरेको थियो  । भातृ संस्थाको निर्वाचन सम्पन्न गराउन काँग्रेसले नेता डा.प्रकाशशरणलाई महाधिवेशन संयोजक तोकेको छ । बिगत आठ बर्षदेखि पटक पटक स्थगित हुँदै आएको महाधिवेशन यसपटक भने हुन सक्ने आँकलन गरेका बिधार्थी नेताहरुले सामाजिक संजालहरु मार्फत आफ्नो नाममा प्रचारबाजी देख्न लायक भएको छ । 
       बिगत आठ वर्षदेखि नेतृत्वका लागि अभ्यास गर्न नपाएका नेविसंघमा अझै १ दर्जन बढीले अध्यक्षमा दावी गरिरहेका छन् । अध्यक्षमा दावी गर्नेमध्येका ७ सम्भववित प्रत्यासीहरु यस्ता छन्– 

१. मनोजमणि आचार्य :-नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यका लागि आसन्न महाधिवेशन विद्यार्थी संगठनको नेतृत्व लिने अन्तिम मौका हो । शालीन स्वभाव, धैर्य शक्ति र विद्यार्थीहरुसंग घुलमिल हुने स्वभावका कारण महामन्त्री छाडेको ५ वर्ष बित्नै लाग्दा पनि मनोजमणि अध्यक्षका स्वभाविक दावेदार देखिन्छ । कांग्रेसभित्र साविकको संस्थापनका ईमान्दार सिपाहीका रुपमा हेरिएका उनका लागि आफ्नो समूहकै साथीहरुको व्यवस्थापन मुख्य विषय हुनेछ । 
२.जितजंग बस्नेत :-नेविसंघ पूर्व महामन्त्री जितजंग बस्ने महाधिवेशन नभएपनि सम्भावित अध्यक्षको दावेदारका रुपमा हेरिएका छन् । सभापति शेरबहादुर देउवासंगको खास सम्बन्ध भएका कारण निर्वाचनको विकल्पमा मनोनित अध्यक्ष बन्न पनि बस्नेतको बाटो खुल्ला छ । तर पछिल्लो समय देउवा समूहभित्रै बढ्दै गएको ध्रुवीकरणलाई चिर्नु बस्नेतको चुनौती हुनेछ । जुझारु संगठकको छवि बनाएका जितगजंगका लागि पनि आसन्न महाधिवेशन अन्तिम अवसर हुनेछ । 
३. नैनसिंह महर:-नेविसंघका पूर्व उपाध्यक्ष महर सभापति शेरबहादुर देउवाकै गृह जिल्लाका हुन् । नेविसंघ भित्र अध्ययनशील र बौद्धिक व्यक्तित्व बनाएका महर महाधिवेशनमा देउवा पक्षको आधिकारीक उम्मेदवार बन्ने कसरतमा छन् । सो समूहबाट आधिकारिक बनेको अवस्थामा मात्रै महरको माहोल बन्ने देखिन्छ । नेविसंघमा मात्रै नभएर आफ्नै गुटमा समेत ‘सबै खाले’ प्रभाव जमाउनुपर्ने हुँदा उनको पहिलो प्रतिस्पर्धा गुटभित्रै देखिन्छ । 
४.कुन्दनराज काफ्ले:- पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले जुझारु संगठक र युवा विद्यार्थीमाझ परिचित मानिन्छन् । १३ औं महाधिवेशनमा दोलखा जिल्ला सभापतिमा पराजित भइसकेका कारण विद्यार्थी राजनीतिमा नफर्कन काफ्लेलाई दवाव छ । यद्यपि कांग्रेसभित्र तेस्रो धारको रुपमा आउन खोजेको कृष्ण सिटौंला समूहबाट उनी उम्मेदवार बन्ने देखिन्छ । काठमाडौं उपत्यका र प्राविधिक क्याम्पसहरुमा राम्रो पकड भएको मानिने काफ्ले ग्राउण्डमा पपुलर छवि भएका नेता हुन् ।
 ५.निलकण्ठ रिजाल:- ‘हाम्रो नेविसंघ, प्रशिक्षित नेविसंघ’ अभियान लिएर अधिकांश जिल्ला पुगेका पूर्व सहमहामन्त्री निलकण्ठ रिजाल पनि अध्यक्षका प्रत्याशी हुन् । शालीन र भद्र व्यक्तित्व भएका रिजाल नेविसंघलाई अन्य संगठन भन्दा वैचारिक र प्रशिक्षित बनाउनुपर्ने पक्षमा उभिदैं आएका छन् । नेविसंघभित्र बढ्दो अराजकता र गुण्डागर्दीको कडा आलोचक रहेका रिजाल कांग्रेस महामन्त्री डा.शंशाक कोइराला निकट मानिन्छन् । 
६.रामप्रसाद अधिकारी नेविसंघको पूर्व संगठन विभाग र प्रचार विभाग प्रमुख रहीसकेका चितवनका रामप्रसाद अधिकारी संगठनभित्र दुख गर्ने नेता हुन् । पदमा नरहँदा समेत जिपी कोइराला अध्ययन केन्द्रका नाममा सक्रिय रहदै आएका अधिकारी यसपटक अध्यक्ष पदमा उठ्ने तयारी गर्दैछन् । अखिलको गढ मानिने अस्कल क्याम्पसबाट राजनीति सुरु गरेका अधिकारी मिलनसार र शालीन नेताका रुपमा चिनिन्छन् । 
७.दिपक भट्टराई :- त्रिचन्द्र क्याम्पसका पूर्व स्ववियु सभापति दिपक भट्टराई तनहुका हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका भट्टराई कुशल संगठक र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । विगतमा केन्द्रीय समितिमा रहेर काम गरिसकेका भट्टराईका लागि पनि आफ्नो समूहबाट आधिकारीक उम्मेदवार बन्न चुनौती छ । 
यी सात बाहेक नेविसंघको अध्यक्षको उम्मेदवारका रुपमा आफुलाई उभ्याउन खोजेका थुप्रै छन् । पूर्व महामन्त्री प्रतिमा गौतम, आनन्द त्रिपाठी, बलदेव तिमिल्सिना, ऋषिकेशजंग शाह,मनहरी श्रेष्ठ, क्षितिज भण्डारी, शुभराम बस्नेत,युवराज पाण्डे लगायतलाई पनि अध्यक्षको प्रत्याशीका रुपमा हेरिएको छ ।

No comments:

Post a Comment