२९ बैशाख, बाँके ।
आफ्नै आमालाई बलात्कार प्रयासको आरोपमा प्रहरीले बाँके जिल्लामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवक बिबाहित हुन् । पिडित महिलाले आफ्नै छोरा बिरुद्ध बलात्कारको उजुरी दिएको प्रहरीले बताएको छ ।
घटना बाँके जिल्लाको वानियाभारको हो । वानियाभार प्रहरी चौकीमा बुधवार एक पुरुषले आफ्नै आमालाई कुटपिट गरेको खबर आयो । स्थानीयले खबर गरेपछि प्रहरी टोली पुग्यो । अनुसन्धानका क्रममा पिडित महिलाले आफ्नै छोराले आफुमाथी बलात्कार प्रयास गरेको प्रहरीलाई बयान दिइन् ।
करिव ३/४ महिना अघि मात्र पती गुमाएकी महिलाले उनकै ३० वर्षे छोराले कुटपिट गरेका रहेछन् । कुटपिटका कारण पीडित महिलाको अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । उनले प्रहरीलाई बताए अनुसार उनका छोराले बुधबार विहान करिव ४ बजे बलात्कारको प्रयास गरेका थिए । उनका श्रीमती माइत गएकी थिइन् । विहानै मदिराले मात्तिएका छोराले आफूलाई बलात्कारको प्रयास गरेको पीडित महिलाले रुँदै प्रहरीलाई सुनाइन् ।
उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पीडित महिलाले दिएको बयान सही देखिएको छ । यद्यपि मेडिकल रिपोर्ट आउन बाँकी छ ।
आमालाई करणी गरेको आरोपमा पक्राउ परेका युवकले अझै मुख खोलेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment